अस्पतालको क्वार्टरमा निसास्सिएर एकै परिवारका ४ जनाको मृत्यु, तीन जना घाइते

नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो ।
निसास्सिएर घाइते भएका ३ जनाको उपचार भईरहेको छ । मृत्यु हुनेमा कालीकोटको खाडाचक्रका धनप्रसाद भट्टराई, उनकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र भट्टराइका तीन महीनाका छोरा इप्सन रहेका छन् ।
धनप्रसादकी श्रीमती सुशीला, ३ वर्षीय छोरा विवश र भाइ नरेन्द्र भट्टराईको भेरी अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालको क्वार्टरमा बस्दै आएका उनीहरु कोइला बालेर एउटै कोठामा सुतेका थिए । आज बिहान अबेरसम्म पनि ढोका नखुलेपछि प्रहरीको टोली पुगेर ढोका खोल्दा सबै बेहोस अवस्थामा भेटिएका थिए ।
https://www.youtube.com/watch?v=hjmSY8SBPQQ
उनीहरु सुतेको कोठाभित्र न्यानो बनाउन टिनको बट्टामा कोइला बालेको पाइएको छ ।

