एमाले जिल्ला अध्यक्षका लागि पश्चिम नवलपरासीमा गैरे र अधिकारीको दावी

नेकपा एमाले पश्चिम नवलपरासीको जिल्ला अधिवेशनमा थानप्रसाद गैरे र दिपेन्द्र अधिकारीले अध्यक्षमा उम्मेदवारी दिने भप्एका छन् ।
सुनवल निवासी गैरे पश्चिम नवलपरासीका एमाले जिल्ला कमिटिका तत्कालिन सचिव हुन् भने बर्दघाट निवासी अधिकारी लुम्बिनी प्रदेश सभाका सदस्य हुन् । उनी व्यापारी समेत हुन् ।
गैरेले नयाँ नेतृत्वका लागी आफु योग्य भएकाले अध्यक्षमा उम्मेद्धारी दिने तयारीमा रहेको बताए । आफु भन्दा सिनियर नेताहरु सबै पार्टीको माथिल्लो पदमा गईसकेकाले जिल्ला अध्यक्षका लागि आफू एक्लो उम्मेदवार रहेको समेत उनको दावी छ ।
जिल्लामा सबैलाई समेटर पार्टीलाई एक ढिक्का बनाएर लान आफुले उम्मेद्धारी दिएको बताउदै गैरेले लामो समयदेखि पार्टिमा आफु गुट गत राजनितिको सिकार भएको गुनासो समेत गरे ।
प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारीले पनि अध्यक्षमा उम्मेद्धारी दिने घोषणा गरेका छन् ।

यता दिपेन्द्र अधिकारीले पश्चिम नवलपरासीमा एमालेलाई एक नम्बर पार्टि बनाउन आफुले एक पटक जिल्लाको नेतृत्व लिन चाहेको बताए ।
https://www.youtube.com/watch?v=9z1ACWctmuU
यस अघि विषम परिस्थीतिमा छोटो समयका लागी मात्रै आफुले पार्टिको जिल्ला नेतृत्व लिएको बताउदै अधिकारीले अब अधिवेशनबाटै एक कार्यकालका लागी अध्यक्ष हुन चाहेको बताए ।
उनले माओवादी संगको एकिकरण पछि पार्टी वास्तवमा चलायमान हुन नसकेको अवस्थामा अहिले दशौँ राष्ट्रिय महाधिवेशन पछिको कार्यभार पुरा गर्ने गरी जिल्ला नेतृत्वका लागी आफ्नो दावी रहेको बताए ।
नेकपा एमाले पश्चिम नवलपरासीको जिल्ला अधिवेशन यहि पुस २३ गते हुदै छ ।
जिल्ला अधिबेशनका लागि भोलि प्रतिनिधि छान्नका लागि देश भर प्रतिनिधि छनौट कार्यक्रम हुँदैछ ।


https://www.youtube.com/watch?v=hjmSY8SBPQQ&t=139s