नवलपुर महोत्सव २ दिन थपियो, शनिबार महोत्सवमा इन्द्रेणीको टिम आउने




नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा जारी प्रथम वृहत खाना सांस्कृतिक, पर्यटन तथा व्यापारिक महोत्सव थप दुई दिन लम्ब्याइएको छ ।

 

बर्षाका कारण एक दिन प्रभावित भएको महोत्सव दुई दिनका लागि थप गरिएको आयोजक नवलपुर होटल व्यवसायी संघले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

 




https://www.youtube.com/watch?v=hjmSY8SBPQQ&t=1086s

 

महोत्सव अब पुस १९ गते सम्म सञ्चालन हुने छ । महोत्सवमा अहिलेसम्म ५० हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

 

भोलि शनिबार महोत्सवमा इन्द्रेणी परिवार, रमेश राज भट्टराई, दिपक खड्काका साथै स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजक नवलपुर होटल व्यवसायी संघका यमप्रसाद न्यौपानेले बताए ।

 

 

https://www.youtube.com/watch?v=AapDtm349iA



सम्बन्धित
Loading...