ट्रयाक्टर दुर्घटनामा युवकको मृत्यु, भीरबाट लडेर मजदूरको मृत्यु

महोत्तरीको लोहारपट्टी नगरपालिका–४स्थित सडकमा आज साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भङ्गहा नगरपालिका–८ बस्ने २२ वर्षीय शैलेन्द्र सदा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
सात जना रहेको सो ट्रयाक्टर तीव्र गतिका कारण आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकसँगै बसेका शैलेन्द्रको ट्रयाक्टरमा च्यापिएर मृत्यु भएको हो । मृतक शैलेन्द्रको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ ।
https://www.youtube.com/watch?v=jtMNS3TsNtk
साथै दुर्घटनामा परेर चालक लोहारपट्टी नगरपालिका–३ बस्ने २५ वर्षीय सरोज पासवान घाइते भई जिल्ला अस्पताल जलेश्वरमा उपचाररत रहेका छन् भने अन्य सबै सकुशल रहेका छन् ।

त्यसैगरी भीरबाट लडेर बैतडीमा आज एक मजदूरको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भएका ४१ वर्षीय नारायण मगर रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
मगरको दोगडाकेदार गाउँपालिका–६ स्थित सित्तडमा भीरबाट लडेर मृत्यु भएको हो ।
भीरबाट १५० मिटर तल खसेका मगरको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीले उक्त घटनासम्बन्धी थप अनुसन्धान सुरु भएको जनाएको छ ।
https://www.youtube.com/watch?v=yBFSYvjoJXc

