दुई लाख सहित जुवाको खालबाट प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्ष सहित १४ जना पक्राउ


 



प्रहरीले भेरी नगरपालिका जाजरकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र भेरी नगरपालिका ६ का वडा अध्यक्ष सशी बुढा सहित १४ जनालाई जुवा खालबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जाजरकोट सदरमुकाम नजिकै गैरीखाली भन्ने ठाउँमा जुवा खेलिरहेको अवस्थामा आज बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

 




जुवा खालबाट वडा नम्बर ६ का वडाध्यक्षसमेत रहेका नेपाली कांग्रेसका स्थानीय नेता सशी बुढा पनि पक्राउ परेका छन् । साथबाट २ लाख नगद पनि बरामद भएको छ । प्रहरीले जुवा खालबाट नियन्त्रणमा लिइएकाहरूको नाम सार्वजनिक भने गरेको छैन ।

उनीहरूले जुवा खेल्दा मोबाइल बैंकिङको प्रयोग गरेकोले अन्य रकम पनि हारजित भएको हुनसक्ने प्रहरी अनुमान छ ।

 

 

https://www.youtube.com/watch?v=AapDtm349iA

 

 



सम्बन्धित
Loading...