माओवादी केन्द्रको अध्यक्षमा फेरि प्रचण्ड निर्वाचित, पदाधिकारी चयन हुन सकेन




पुष्पकमल दाहाल (प्रचण्डं) नेकपा माओवादी केन्द्रको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

 

नारायणकाजी श्रेष्ठले राखेको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनलाई पार्टीको केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।

 




माओवादी केन्द्रको आठौं महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकबाट दाहाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

 

त्यसैगरी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पदाधिकारी चयन नगरी सकिएको छ ।

 

सोमबार ललितपुरमा बसेको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेपछि सकिएको हो ।

अध्यक्ष प्रचण्डले पुस २५ गते अर्को बैठक बस्ने र त्यसअघि छलफल गरेर पदाधिकारी, स्थायी समिति, पोलिट्ब्यूरो समितिका सदस्यहरु पनि टुंगो लगाउने बताएका छन् ।

 



सम्बन्धित
Loading...