नवलपुरमा ट्रकको ठक्करबाट प्रहरी जवान घाइते


 



नवलपुर । पूर्वी नवलपरासीमा ट्रकको ठक्करबाट प्रहरी जवान घायते भएका छन् ।

 




पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ दमार चोकमा प्रहरी चेकिङ्ग गरिरहेको अवस्थामा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश २ –०३– ००१ख ५७२८ नम्बरको ट्रकले प्रहरी चौकी अरुणखोलामा कार्यरत प्रहरी जवा अमृत चौधरीलाई ठक्कर दिएको हो ।

 

दुर्घटनामा परी चौधरीको खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरी चौकी अरुणखोलाले जनाएको छ ।

उनको चितवन स्थित एलाइभ अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको छ ।



सम्बन्धित
Loading...