नवलपुरमा लागुऔषध सहित १ जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीमा इलाका प्रहरी कार्यालय रजहरले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

देवचुली नगरपालिका १७ झहरेखोला स्थित गुम्बाको किनारमा नवलपुरको गैडाकोट नगरपालिका १६ निवासी १८ बर्षीय कुशल परियारलाई लागु औषध सहित पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले ट्रावा २६ ट्यावलेट, ऐनारागन २६ ट्यावलेट लागुऔषध बरामद गरेको जनाएको छ ।

