नवलपुरको गैडाकोटमा एक जना पुरुष मृत फेला




नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा १ जना पुरुष मृत फेला परेका छन् ।

नवलपुरको गैंडाकोट नगरपालिका – १ मौलाकालिका फेदी स्थित मौलाकालिका मन्दिर जाने गेटमा विगत एक बर्ष देखि मागेर खाने बुटवल घर भई जीवन पौडेल नाम बताउने अन्दाजी ५० बर्षीय पुरुष पिकनिक स्पोटको टिकट काट्ने घरमा सुतिरहेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्याल गैडाकोटले जनाएको छ ।

 




उनको चिसोको कारण निधन भएको आशंका गरिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल चितवनमा लगिएको प्रहरीले जनाएको छ ।

 

https://www.youtube.com/watch?v=uvx4d8LbCK0&t=783s

 



सम्बन्धित
Loading...