४५ किलो गाँजासहित दुई पक्राउ




मकवानपुरबाट ४५ किलो लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार दिउँसो १ बजे मनहरी गाउँपालिका-९ स्थितबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए।




राक्सिराङ गाउँपालिका-२ बस्ने ४२ वर्षीय भक्तबहादुर थापा मगर र ४१ वर्षीय हिरालाल गुरूङ पक्राउ परेका हुन्।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले पूर्व-पश्चिम लोकमार्गबाट दुई जनालाई पक्राउ गरेको हो।

 

उनीहरूबाट ४५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

https://www.youtube.com/watch?v=oT-J8cfUMaM

 



सम्बन्धित
Loading...