साना किसान सहकारीको साधारण सभा, सहकारीलाई प्रविधियुक्त बनाउनु पर्नेमा जोड


 



साना किसान कृषि सहकारी संस्था अग्यौलीको २५ औं साधारण सभा आज अग्यौलीमा भएको छ । संस्थाका अध्यक्ष हरिबहादुर बस्नेतको अध्यक्षतामा र गण्डकी प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रि चन्द्र बहादुर बुढाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि चन्द्रबहादुर बुढाले कृषिलाई परम्परागत तरिकाले नभई प्रविधियुक्त तरिकाले चलाउन जोड दिनु पर्ने बताएका थिए ।




त्यसैगरी स्थानिय कृषकहरूले उत्पादन गरेका अन्नज, दुग्ध आदि सबैको बजारको व्यवस्थाको लागि स्थानिय सरकारले पहल गर्नु पर्ने बताएका थिए ।
उक्त सहकारीलाई अब केही पालिकामा मात्र सिमित नभई जिल्लास्तरीय सहकारी बनाउनका लागि समेत सुझाब दिएका थिए ।

https://www.youtube.com/watch?v=3f8NQ2xICJ8&list=RDyBFSYvjoJXc&index=6

कार्यक्रममा हुप्सेकोट पालिका अध्यक्ष लक्ष्मी पाण्डे, ने क पा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा नवलपुर ईन्चार्ज किशन शर्मा, नेपाल कृषि सहकारी केन्द्रीय सदस्य कृण्णबाबु श्रेष्ठ, साना किसान लघुवित्त वित्तिय संस्था ईलाका कार्यलय बुटवलका बरिष्ठ सहायक शेख दवाडी, त्रिभुवनटार बहुमुखी सहकारी संस्थाका अध्यक्ष दुर्गा भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा उत्कृष्ट अन्तर समूह, उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट ऋणीहरू, उत्कृष्ट विभिन्न कृषकहरूलाई सम्मान पनि गरिएको थियो । वि. सं. २०५५ मा स्थापना गरिएको उक्त संस्थामा अहिले ५ हजार सदस्य रहेका छन् ।
संस्थाले यस बर्ष मात्रै ९५ लाख रूपैयाँ नाफा गरेको बार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
कार्यक्रम संस्थाको केन्द्रीय कार्यलय कावासोती १४, त्रिभुवनटारमा गरिएको थियो ।

 



सम्बन्धित
Loading...