प्रचण्ड र नारायणकाजीलाई कोरोना संक्रमण


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।



शनिबार बिहान प्रचण्डको सचिवालयले हिजो बेलुका गरेको पीसीआर परीक्षणका क्रममा प्रचण्डमा कोरोना पोजिटिभ देखिएको जनाएको छ ।

सचिवालयका अनुसार कोरोना संक्रमण भए पनि उनको अवस्था सामान्य रहेको छ । प्रचण्डले निजी निवासमै आराम गरिरहेका छन् ।




चिकित्सकको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको सचिवालयले जनाएको छ ।

यसैगरी, शुक्रबार पिसिआर परीक्षण गर्दा आफूलाई कोभिड संक्रमण पुष्टि भएको र हाल होमआइसोलेसनमा रहेको नेता श्रेष्ठले सामाजिक सञ्चालमार्फत बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेकाछन् ‘पिसिआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होमआइसोलेसनमा छु । कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु’, श्रेष्ठले लेखेका छन्, ‘हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु ।’

यसअघि पार्टीका केही नेताहरुलाई कोरोना संक्रमण भएको भन्दै पार्टीको बैठकसमेत स्थगित गरिएको थियो ।



सम्बन्धित
Loading...