एमाले पश्चिम नवलपरासीमा नेतृत्व चयनको लागि निर्वाचन, अध्यक्षमा गैरे र अधिकारी




परासी । नेकपा एमाले पश्चिम नवलपरासीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको छ ।

नेकपा एमालेले देश भर सहमतिमा गर्ने भनिए पनि नेकपा एमाले पश्चिम नवलपरासीमा भने निर्वाचन नै भएको हो ।




एमाले पश्चिम नवलपरासीको अध्यक्ष पदका लागि दिपेन्द्र अधिकारी र थानप्रसाद गैरे बीच प्रतिप्रर्धा भएको छ ।

त्यसैगरी उपाध्यक्षमा डोलराज भण्डारी र लेखनाथ खरेलबीच प्रतिप्रर्धा भएको छ भने सचिवमा धिरज शर्मा बस्याल र सुबासचन्द्र जिसीबीच प्रतिपर्धा भएको छ ।
त्यसैगरी खुल्ला उपसचिवमा भगवती यादव र राजनकुमार आचार्यबीच र महिला उपसचिव रिंगला यादव र लक्ष्मी क्षेत्रीबीच प्रतिप्रर्धा भएको छ ।
केही सदस्य पदमा सर्वसम्मत भए पनि यहाँ अधिकांश सदस्य पदहरुमा पनि निर्वाचन भएको छ ।

निर्वाचन बर्दघाटको दाउन्ने पार्टी प्यालेसमा भएको हो ।

अहिले मतदान सकिएर मतगणनाको तयारी भएको छ । ५ सय ५७ जना प्रतिनिधि रहेकोमा ५ सय ४४ मत खसेको निर्वाचन मण्डलले जनाएको छ ।

 



सम्बन्धित
Loading...