बाँकेमा बाघको आक्रमणबाट महिलाको मृत्यु




बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका वडा नं. ६ हब्रहवाकी ३० बर्षीया चाँदनी चौधरी रहेकी छन् ।




शनिबार विहान जंगलमा पात टिप्न जाने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो । चौधरीको शव जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

बिहीबार मात्रै राप्ती सोनारी वडा नं. ४ की ५२ वर्षीया महिलाको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।



सम्बन्धित
Loading...