नारायणी नदी किनारमा नुहाउने क्रममा चिल्पिएर निधन

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट ४ निवासी ७० बर्षीय मोहन लाल श्रेष्ठ नारायणी नदी किनारमा नुहाउने क्रममा चिल्पिएर निधन भएको छ ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट २ राधाकृष्ण मन्दिर अगाडि नारायणी नदीमा नुहाउने क्रममा श्रेष्ठको खुट्टा चिल्पिई नारायणी नदीमा डुब्न पुगेको थियो ।
प्रहरीलाई खबर आउना साथ उनको प्रहरीले उद्दार गरी उपचारका लागि भरतपुरको नयाँ मेडिकल कलेज चितवनमा पठाइएकोमा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उनको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल चितवनमा राखिएको गैडाकोट प्रहरीले जनाएको छ ।

