नेकपा एमाले पश्चिम नवलपरासीको अध्यक्षमा अधिकारी निर्वाचित

नवलपरासी, २५ पौष । नेकपा एमाले पश्चिम नवलपरासीको आठौ जिल्ला अधिवेसनबाट दीपेन्द्र कुमार अधिकारी निर्वाचित भएका छन् ।
सहमतिको प्रयास असफल भएपछि हिजो सम्पन्न निर्वाचनबाट ३३२ मतका साथ अधिकारी निर्वाचित भएका हुन् । कुल ५५७ जना प्रतिनिधि मध्ये ५४४ मत खसेकोमा उनका निकटतम प्रतिद्वंदी थान प्रसाद गैरेले १८५ मत प्राप्त गरे ।
१०५ सदस्यीय कमिटीको लागी दुई वटा प्यानल नै बनाएर भएको निर्वाचनमा सम्पूर्ण पदाधिकारी सहित अधिकांश सदस्यमा अधिकारी समुहका ऊमेदवार विजयी भएका छन् ।
उपाध्यक्षमा डोलराज भण्डारी, सचिवमा धिरज शर्मा बस्याल, २ उपसचिवमा राजन आचार्य र रिंगला यादव विजयी भएका छन् ।