स्याङ्जामा गोली लागेर एक युवकको मृत्यु, ६ जना पक्राउ

स्याङ्जा आँधिखोला गाउँपालिकामा एक युवाको गोली लागेर मृत्यु भएको छ । आँधिखोला –१ कालिखर्क जङगलमा यही पौष २० गते राती कालिजको शिकार गर्ने क्रममा सोही ठाउँका २७ वर्षीय मनोज बिकको मृत्यु भएको हो ।
भरुवा बन्दुकको छर्रा लागेर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङजाले जनाएको छ । कालिज मार्ने क्रममा विकलाई गोलीको छर्रा लागेर मृत्यु हुँदा सँगै रहेका फरार ६ जना युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङजाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए ।
डिएसपी अधिकारीकाअनुसार पक्राउ पर्नेमा आँधीखोला–०१ बस्ने बर्ष २७ को सूर्य भन्ने भीमबहादुर सुनार, सोही ठाउँकै १८ वर्षीय सुनिल विक, २४ वर्षको दिनेश भन्ने रेवत पौडेल र बर्ष ३७ को धन बहादुर विकलाई पक्राउ गरिएको छ ।