चितवनमा मेला, महोत्सव बन्द
चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले यहाँ हुने मेला महोत्सव बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको सर्वपक्षीय बैठकले चितवनमा हुने मेला/ महोत्सव बन्द गर्ने निर्णय गरेको चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए ।
उनका अनुसार बैठकले कोरोना संक्रमण बढ्न थालेपछि चितवनमा भइरहेका र हुने तयारीमा रहेका सबै महोत्सव बन्द गर्ने निर्णय गरिएको छ ।