भारतीय हस्तक्षेपको विरुद्ध कावासोतीमा पुतला दहन




नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववीयु नवलपुरले नेपाली भूभाग लिपुलेकमा सडक निर्माणको कार्य गरेको बिरोधमा  कावासोतीमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन गरेको छ ।

नेकपा एमाले जिल्ला कार्यालय अगाडी भेला भएका बिद्यार्थीहरुले  साँझ भारतिय बिस्तारबाद र नेपाल सरकारको मौनताको बिरोधमा नाराबाजी सहित पुत्ला दोहन गरेका हुन् । केही दिन अगाडी भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक निर्माणको काम भइरहेको बताउनु भएको थियो ।




सो भूभाग नेपालको हो । नेपाली भूमिमा प्रवेश गरेर भारतले गरेको सडक बिस्तारको काममा वर्तमान सरकारको मौनताले धेरै प्रश्नहरु उठाएको अनेरास्ववीयु केन्द्रीय सदस्य नेल्सन सुवेदीले बताउनुभयो ।

विगतमा जयसिं धामीको बिषयमा समेत सरकारको मौनता देखिएको भन्दै उहाँले वर्तमान सरकार बिदेशी शक्तिलाई रिझाउने नाममा राष्ट्र र राष्ट्रियतालाई समेत दाउमा राख्न तयार भएको आरोप लगाउनुभयो ।

पुत्ला दोहनको क्रममा अनेरास्ववीयु नवलपुर जिल्ला संयोजक सुरज सापकोटाले कालपानीमा मार्चपास गर्ने अनेरास्ववीयुको गर्विलो इतिहास रहेको स्मरण गर्दै भारतिय बिस्तावाद कुनैपनि बाहानमा स्वीकार्य नहुने बताउनुभयो ।

विद्यार्थीहरुले भारतिय बिस्तारबाद मुर्दावाद, मापसे सरकार मुर्दावाद, नेपाल भूमि खाली गर, लगायतको नारा लगाएका थिए ।

 

https://www.youtube.com/watch?v=7RPstp49K1c

 



सम्बन्धित
Loading...