प्रतापपुर गाउ कमिटीको शुभकामना आदान प्रदान एवं चियापान
नेपाल कम्युुुुनिष्ट पार्टी नेकपा प्रतापपुर गाउ कमिटीको आयोजनामा विजया दशमी, शुभदिपावली छर्ठ मोहरम पर्वको शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रम बेलाटारीमा आइतबार भएको छ ।
कमिटिका अध्यक्ष दिपकराज शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो पुर्व मन्त्री एवं नेकपा नेता घनश्याम यादवले आफने अधिकार सुनिश्चित गर्न एकता र मेलमिलापको आवश्यकता रहेको विचार ब्यक्त गर्दै एकता गर्दा त्याग गर्न पनि जरुरी विचार ब्यक्त गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय सभा सदसय राम लखन हरिजनले पार्टी संगठनर्ला चुस्त दुरुस्त बनाएर अगाडी बढ्दा पार्टी संगठन सुदृढ हुने धारणा राख्नुभयो । कार्यक्रममा पुर्व सासंद सिता बौडेलले कम्युनिष्ट एकता बलियो भयो भने राष्ट् सुदृढ हुने विचार राख्दै पार्टी एकताबाट सिंगो पार्टी उर्जावान हुने धारणा राख्नुभयो । शुभकामना आदान प्रदान कार्यक्रम पुर्व सासंद राम दुलारी हरिजन, कार्यदल सदस्य थान प्रसाद गैरे, तारा सिँह लगाएतले समृद्ध नेपाल र सुदृढ नेपालको नारालाई सम्पुर्ण पार्टी कार्यकर्ताहरुले गाउ घरदैलोमा पुर्याउनुपर्ने कुरामाथि जोड दिनुभयो । उक्त कार्यक्रमको सञ्चालन सुरेन्द्र शर्माले गर्नुभएको थियो । कार्यक्रममा पार्टी कार्यकर्ता र शभेच्छुकहरुको उपस्थिती रहेको आयोजकले जानकरी दिएको छ ।