पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा चौधरी




नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा सञ्जयकुमार चौधरी निर्वाचित भएका छन् ।

चाैधरी कैलालीका व्यवसायी हुन् । चितवनको सौराहामा बिहीबार सम्पन्न महासंघको छैटौं अधिवेशनबाट चौधरी भारी मतका साथ विजयी भएका हुन् ।




अध्यक्ष पदका लागि चौधरीसहित तीन जनाको उम्मेदवारी थियो । अध्यक्ष पदका उम्मेदवार चौधरीले २६९ मत प्राप्त गरे ।

त्यसैगरी नवराज ढकाल (काठमाडौं)ले १७१ मत र मातृका शिवाकोटी (मोरङ)ले ३५ मत प्राप्त गरे ।

विद्युतीय मेसिनबाट भाेटिङ्ग भएकाे थियाे ।



सम्बन्धित
Loading...