रिक्सा चालकको ह’त्या आरोपमा पाँच पक्रा’उ

यही पुस २२ गते पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृता’वस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको ह’त्या भएको खुल्न आएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको बिहार राज्य वैशाली घर भई हाल वीरगञ्ज–३ छप्कैया बस्दै आएका मियाँको ह’त्या भएको अनुसन्धानपश्चात खुल्न आएको हो ।
आपसी झगडा हुँदा फलामको रिन्चले टाउकामा प्र’हार गरेर मियाँको ह’त्या गरिएको प्रहरीले जनाएको छ ।
मियाँको ह’त्यामा संलग्न भएको आरोपमा प्रहरीले बिहारको पूर्वी चम्पारण, मोतीहारी–६ घर भई हाल वीरगञ्ज छप्कैया बस्ने ई–रिक्सा चालक सुनिल कुमार, बारा परवानीपुर गाउँपालिका–५ बस्ने निकेश पटेल, बिहारको मुङ्गेरका घर भई वीरगञ्ज छप्कैया बस्ने सपन मण्डल, भारत बिहार घर भई वीरगञ्ज छप्कैया बस्ने नाजिर हुसैन र छप्कैया बस्ने बाबर हुसैनलाई प्रहरीले पक्रा’उ गरेको हो ।