नवलपरासी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट लगाईदै

नवलपरासी। नवलपरासीको जिल्ला सदरमुकाम परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा अक्सिजन प्लान्ट लगाईने भएको छ ।
नेपाल सरकार स्वाश्थ्य तथा जनासंख्या मंत्रालय केन्द्र सरकारको शसर्त कार्यक्रम अन्तर्गत नवलपरासी जिल्लाको जिल्ला अस्पताल पृथ्बीचन्द्र अस्पतालमा १ करोड ५० लाखको लागतमा अक्सिजन प्लान्ट लगाउने भएको नवलपरासीको जिल्ला अस्पताल परासीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नुरुल होदाले बताउनु भएको छ ।
पश्चिम नवलपरासी स्थित पृथ्वीचन्द्र अस्पताल, चिसापानी सामुदायिक अस्पताल, वर्दघाटको चौपत्ता स्थित शहिद स्मृति अस्पताल गरि जिल्लामा रहेका कुनै पनि अस्पतालमा अहिले सम्म अक्सिजन प्लान्ट नभएको अवश्थामा जिल्ला सदरमुकाम परासीको पृथ्बीचन्द्र अस्पतालमा पहिलो पटक अक्सिजन प्लान्ट लगाउन लागिएको हो ।
कोविड संक्रमणको पहिलो चरणमा जिल्लाका अस्पतालहरुमा अक्सिजनको अभाव भए पछि जिल्लाका विरामीहरु बुटवलका अस्पतालहरुमा भर पर्नु परेको थियो । पश्चिम नवलपरासी जिल्लामा निजी स्तरमा अक्सिन उद्योगहरु भए पनि जिल्लाका अस्पतालहरुले भने अक्सिजनको अभाव झेलेका थिए । अक्सिजन प्लान्ट लगाउनका लागि पृथ्बीचन्द्र अस्पतालले १३ लाख रुपियाँको लागतमा अक्सिजन प्लान्टका लागि भवन समेत बनि सकेको बताईएको छ ।

जिल्ला अस्पताल नवलपरासीले २ भेन्टीलेटर सहित ५ वेडको आईसीयु समेत संचालनको तयारीमा रहेको पृथ्बिचन्द्र अस्पताल ब्यावस्थापन समितीका अध्यक्ष जगदिश चौधरीले बताउनु भयो । १० बेडका एचडीयु सेवा भने जिल्ला अस्पतालमा संचालनमा रहेको छ । आईसीयु एवं भेन्टीलेटरमा भने पर्याप्त दक्ष जनशक्तिको अभाव रहेको छ ।