सुतिरहेकै अवस्थामा ७४ बर्षीया महिला माथि चक्कु प्रहार

नवलपुर । पूर्वी नवलपरासीमा आफ्नै कोठामा सुतिरहेका ७४ बर्षीया महिलामाथि चक्कु प्रहार भएको छ ।
गएराति गैडाकोट नगरपालिका १ मौलाकालिका फेदी स्थित शम्सेर मा.वि.को पछाडि धुव्र भट्टराईकी श्रीमती ७४ बर्षीया महिला रिमाकला भट्टराईलाई कोठामा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले धारिलो हतियार चक्कु प्रहार गरेको हो ।
चक्कु प्रहारबाट भट्टराईको चिउडो, अनुहार र आँखामा चोट लागेको र अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
घाइतेको नयाँ मेडिकल कलेज भरतपुर, चितवन अस्पतालमा उपचार भईरहेको छ ।
घटना स्थल कोठामा मोवाईल, चप्पल र चक्कु फेला परेको, प्रहार गर्ने व्यक्ति फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।