५० बर्षीय पुरुष नवलपुरमा परालको टौवामा मृत फेला




नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपलिका ५ मसन मझुवामा परालको टौवामा एक जना पुरुष मृत फेला परेका छन् ।

विहान ९ बजेतिर मृत फेला परेको उनको चिसोको कारण निधन भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।




पाल्पा जिल्लाको माथागडी बहादुरपुर घर भई बेला बेलामा नवलपरासी आउजाउ गरिरहने ५० बर्षीय धनबहादुर ढेगां मगर विनयी त्रिवेणी ५ मसन मझुवाका दिपक जि.सी.को परालको टौवा नजिकै मृत अवस्थामा भेटिएको अस्थायी प्रहरी चौकी सर्दीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएको छ ।



सम्बन्धित
Loading...