यि हुन नक्कली मोविल बनाएर विक्री गर्ने दुई अपराधी


रौतहट स्थित विभिन्न ब्रान्डको नक्कली मोबिल बनाएर बिक्रिगर्ने दुईजना मानिसलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउपर्नेहरूमा राजदेवी नगरपालिका ९ का बिरेन्द्र सिंहका छोरा बर्ष २८ का राणा रौशन सिंह र सोही ठाउँका
बालेश्वर सिंहका छोरा ४२ को हरेन्द्र सिंह रहेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताएका छन ।

गौर स्थित ब्रहर्वा पुल नजिक रौशन सिंहले संचालन गरेको जय शिव शक्ति अटोमोबाईल पसलमा र संगै रहेको सुधिर साहको घरमा गोदाम संचालन गरी  क्यास्ट्रोल, बजाज, हिरोहोण्डा ब्रान्डको मोबिल बनाउने,अबैधरूपमा भित्रयाएर भण्डारन गरेको  मोटरसाईकलका पार्टसहरु कालोबजारी सूचनाको अधारमा प्रहरीले छापामारी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयरौतहटको टोलीले उक्त पसल र गोदाम बाट  मोबिल भरिएको ३हजार  बट्टाहरु, खुल्ला मोबिल भरिराखेको २ सय लिटरको टिनको ड्रम-२ थान,र मोबिल राख्ने गरेको टिनको खाली ड्रम ९ थान बरामद गरेको छ ।

पक्राउ परेका रौशन सिंह र हरेन्द्र सिंह माथि कालोबजारी संबंधी मुद्दा दर्तागरि जिल्ला अदालत गौर बाट ५ दिनको म्याद थमाएर थप अनुसंधान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

अभियुक्त दुबैजना मिलेर पछिल्लो लामसमय देखि भारत बाट खुला मोबिल अबैधरुपमा भित्रयाएर विभिन्न ब्रान्डको मोबिलको खाली बटामा रिप्याक गरि सिलगरेर बिक्रि गर्दै आएका थिए ।

यश प्रकारको नक्कली मोबिलको प्रयोगले मोटरसाइकल तथा अन्य चारपांग्रे सवारी साधनको ईन्जिन चांडो बिगृने जानकारहरुले बताएका छन ।



सम्बन्धित
Loading...