चिनियाँ राष्ट्रपति सी जिनपिङले दिए यस्तो खतरनाक चेतावनी; विश्वमा भइरहेको टकरावको नतिजा खतरनाक निस्कन सक्छ




चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमा भइरहेको टकरावको नतिजा खतरनाक निस्कन सक्ने चेतावनी दिएका छन् ।

विश्व आर्थिक मञ्चको भर्चुअल सत्रमा विशेष सम्बोधन गर्दै राष्ट्रपति सीले एक अर्काबीचको टकरावको नतिजा फलदायी नहुने टिप्पणी समेत गरे।




साथै सीले एकअर्काप्रतिको सम्मानका आधारमा मात्र समृद्धि हासिल गर्न सकिने बताए।

समृद्धिका लागि मतभिन्नतालाई पन्छाएर विभिन्न देश र सभ्यताको साझा आधार खोज्नु पर्ने उनको भनाइ छ ।

इतिहासले पनि यसको पुष्टि गरेको उनले बताए । कोरोना महामारीले सङ्कट निम्त्याउने भएकाले समस्या समाधानका लागि साझा प्रयासको खोजी गर्नुपर्ने उनको सुझाव थियो ।

यस्तै, कोरोना महामारीका कारण विश्वकै अर्थव्यवस्था खराब हुनबाट रोक्न आर्थिक नीतिको समन्वय गर्न पनि उनको आह्वान गरे ।

 

 

https://www.youtube.com/watch?v=uvx4d8LbCK0&t=881s



सम्बन्धित
Loading...