पश्चिम नवलपरासीमा हाटबजार संञ्चालनमा प्रतिबन्ध

संक्रमण ह्वात्तै बढेपछि पश्चिम नवलपरासीमा हाटबजार लगाएत मानिस भिडभाड हुने सबै कार्यक्रम संञ्चालन गर्न प्रतिबन्ध लगाईएको छ ।
बसेको डिसिसिएमसिको बैठकले कोरोना संक्रमण दर बढिरहेका कारण जिल्लाभर लाग्दै आएको पटके हाटबजार सहित भिडभाड सहितका सबै कार्यक्रम माथि प्रतिबन्ध लगाएको हो ।
यस्तै विद्यालय भौतिक रुपमा संञ्चालन नगर्ने र अनलाईन पठनपाठनमा जोड दिन भनिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए।
विवाह ब्रतबन्ध पार्टि लगाएत मृत्यु संस्कारमा आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी ५० जना भन्दा बढि भेला नहुन पनि प्रशासनको आदेशमा भनिएको छ ।
खेलकुदका कार्यक्रम पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरि एक तिहाई दर्शकको उपस्थितिमा मात्र गर्ने र माघ ७ गते पछि खोप लगाएको कार्डको आधारमा मात्र प्रवेश दिने व्यवस्था गर्न भनिएको छ ।
सपिङ्ग मल लगाएत समान खरिद गर्दा भिडभाड नगर्ने र दुरी कायम गरी एक पटकमा २५ जना सम्म मात्र उपस्थित हुने भनिएको छ । ७ गते पछि भने खोप कार्डको आधारमा प्रवेश दिईने प्रशासनले जनाएको छ ।
यस्तै होटलमा बस्न आउने ग्राहकको होटल प्रवेश गरेको २४ घण्टा भित्र एन्टिजेन परिक्षण गर्ने र हरेक ७२ घण्टामा एन्टिजेन परिक्षण गरि सोको जानकारी डिसिसिएमसिलाई गराउन पनि आदेशमा भनिएको छ ।

यस्तै सिमा नाकामा रहेको हेल्थ डेस्कलाई व्यवस्थित गरी चेक जाँच प्रभावकारी बनाउने र सवारी साधान आउजाउ गर्ने प्रत्येक नाकामा स्थानिय तहको समन्वयमा हेल्थ डेस्क स्थापना गर्ने गरी काम अगाडी बढाईने प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।
कोरोना संक्रमितहरु संक्रमण पुष्टि भएपछि पनि हिडडुँल गर्ने, शंका लागेमा पनि चेकजाँच नगर्ने गरेको पाईकाले त्यस्तालाई संक्रामक रोग ऐन बमोजिम कारवाहि हुने बताउदै उहाँले सुचना उपलब्ध गराउन आग्रह गरे।
प्रशासनले आजदेखि कडाईका साथ चेकजाँच हुने र आदेश कार्यान्वयन गरिने जनाएको छ तर भिडभाड नर्गन प्रशासनले यस अघि जारी गरेको आदेश पनि कार्यान्वयन भएको छैन् ।
