पश्चिम नवलपरासीमा सवारी दुर्घटनामा लेखापढी व्यवसायी गिरीको निधन

पश्चिम नवलपरासीको बासामा सोमबार साझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
र्दुघटनामा परि मोटरसाईकल चालक बर्दघाटको भुताहा बस्ने वर्ष ३६ का उमाशंकर गिरीको मृत्यु भएको छ ।
बुटवलबाट बर्दघाटतर्फ जादै गरेको लु १ ख ७१७९ नम्बरको माईक्रोबसले सोहि दिशा तर्फ जादै गरेको लु ५४ प १२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
कुकुरलाई बचाउन खोज्दा मोटरसाईकल मोईक्रोबसको अगाडीको टायरमा ठोक्किएको प्रहरीले जनाएको छ । ठक्कर पछि गम्भिर अवस्थामा गिरीलाई उपचारको लागी पृथ्वी चन्द्र अस्पताल परासीमा ल्याईएपनि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् । मृतक गिरी परासीमा लेखापढि कानुन व्यवसायी हुन् ।
पश्चिम नवलपरासीमा सवारी दुर्घटना ह्वात्तै बढेको छ । जथाभावि सवारी चलाउने, ट्राफिक नियमको पालना नगर्ने, सडकको जिर्ण अवस्था लगाएतका कारण दुर्घटना बढ्दै गएको छ । नारायणगढ बुटवल सडक विस्तारको क्रममा रहेकाले पनि सवारी दुर्घटना बढेको छ ।
यसैबिच भुमहि भैरहवा सडक खण्डमा भएको दुर्घटनामा तिन जना घाईते भएका छन् ।
भुमहि भैरहवा सडक खण्डको रामग्राम १६ बकेनवामा परासी तर्फ आउदै गरेको लु ४९ प १२४ नम्बरको मोटरसाईकल र भैरहवा तर्फ जादै गरेको लु २३ प १८९९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएको हो ।
घाईते दुई पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राम प्रसाद पाण्डेले जानकारी दिए ।

