युएईको राजधानी अबुधावी सहर प्रवेश गर्न बुस्टर डोज अनिवार्य

दुवई – युनाईटेड अरब एमिराट्स युएईको राजधानी अबुधावी सहर प्रवेश गर्न सरकारले कोभिड १९ विरुद्धको बुस्टर डोज अनिवार्य गराएको छ ।
युएई सरकारको स्वास्थ्य विभागले मंगलबार अबुधावी प्रवेश गर्न चाहने जुनसुकै मानिसले बुस्टर डोज अनिवार्य लगाउनुपर्ने नियम लागु गरेको हो ।
यसअघि त्यहाँको सरकारले सो शहर प्रवेश गर्न खोप कार्ड अर्थात् ‘ग्रिन पास’ अनिवार्य गराएको थियो ।
पछिल्लो समय सरकारले ओमिक्रोन संक्रमितको संख्या बढेको भन्दै बुस्टर डोज अनिवार्य गराएको अन्र्तराष्ट्रिय मिडियामा खबर छ ।
एसोसियटेड प्रेसकाअनुसार अबुधावी प्रवेश गर्न चाहने मानिसको कोरोना रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने र उनीहरुले बुस्टर डोज अनिवार्य रुपमा लगाएको हुनुपर्नेछ ।

