पहिराेले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, खुल्न समय लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान साढे २ बजे सुक्खा पहिरो खसेको हो ।
पहिराका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ ।
पहिराेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।
सुख्खा पहिरो खसेपछि अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड खुल्न समय लाग्ने भएको छ ।

राति साढे २ बजेतिर कालिखोलामा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक खुलाउने प्रयास भइराखेको छ ।
प्रहरीका अनुसार पहिरो खसेपछि गाडी गुड्न नसक्दा सयौं यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।
बिहान ४ बजेदेखि पहिरो हटाउने काम भइरहेको भएपनि ठूलो पहिरो खसेकाले बाटो खुल्न भने समय लाग्ने प्रहरीले जानकारी दिएको छ।
पहिराका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।

