घानामा विस्फाेट, सयौं हाताहाती, १७ शव भेटिए

घानाको यपिएट शहरमा भयंकर विस्फाेट भएको छ । विस्फाेटबाट कैयौं भवन भत्किएका छन् ।
घटनास्थलमा १७ वटा शव फेला परेका स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाहरुको संख्याबारे औपचारिक जानकारी दिएको छैन ।
घानाका राष्ट्रपतिले ट्वीट गर्दै ‘अत्यन्तै दुःखद घटना’ भएको बताउँदै उद्धार तथा राहतका लागि सेना परिचालन गरिएको जनाएका छन् ।

