कर्मचारी संक्रमित भए पछि सुनवलको बाणिज्य बैंकमा सेवा बन्द




नवलपरासी (सुनवल) । कर्मचारी कोरोना भाईरसबाट संक्रमित भए पछि पश्चिम नवलपरासीको सुनवल स्थित राष्टिय बाणिज्य बैंकको सेवा बन्द गरिएको छ ।

राष्टिय बाणिज्य बंैक सुनवल शाखाका पाँच जना कर्मचारीहरु कोरोना संक्रमित भए पछि सुनवल स्थित बाणिज्य बैंकको शाखाले स्वाश्थ्य सुरक्षालाई ध्यन दिदै पछिल्लो चार दिन देखी सेवा प्रदान गर्न बन्द गरेको राष्टिय बाणिज्य बंैक सुनवल शाखा प्रबन्धक माधव पौडेलले बताए ।




सुरक्षा सहितको टिमलाई जोडदा जम्मा ९ जना कर्मचारी रहेको राष्टिय बाणिज्य बंैक सुनवल शाखाका ५ जना कर्मचारीहरु कोरोना भाईरसको ओमीक्रोनबाट संक्रमित भए पछि स्थास्थ्य सुरक्षालाई ध्यान दिदै शाखाको सेवा बन्द गरिएको बताईएको छ ।

जिल्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु कोरोना भाईरसको संक्रमणबाट प्रभावित हुन थाले पछि स्थानिय सरकार एवं अन्य सरकारी कार्यालयका सेवाहरु प्रभावित हुन थालेका छन ।

कर्मचारी सक्रमित भए पछि गत शुक्रवार देखी ४ दिन सम्म पश्चिम नवलरासीको जिल्ला प्रशासन कार्यालयले समेत सेवा बन्द गरेको थियो भने पछि अन्य कार्यालयबाट कर्मचारीको ब्यावस्थापन गरे पछि जिल्ला प्रशासन कार्यालय पुन संचालनमा आएको हो ।

यसै गरि विभिन्न पालिकाहरुमा कार्यरत कर्मचारीहरु पनि संक्रमित हुने क्रम बढदो अवश्थामा रहेका छन ।



सम्बन्धित
Loading...