रुखले च्यापेर एकको मृत्यु, टाउको फुटेको अवस्थामा युवतीको शव फेला

दाङको देउखुरीमा रुखले च्यापेर एक जनाको ज्यान गएको छ ।
ज्यान जानेमा गढवा गाउँपालिका २ पचहिया निवासी वर्ष ३२ का सन्तोष यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
शुक्रवार घर देखि एक किलो मिटर पर रहेको चौरमा स्याउला काट्न रुख चढेको बेला एक्कासी रुख ढल्दा यादव च्यापिएर मृत्यु भएको उनका जेठा दाइ स्वामी प्रसाद यादवले बताए ।
भाइलाई रुखले च्यापेको थाह पाए पछि उपचार गर्न लैजाने भनेर एम्बुलेन्स समेत बोलाएको र बाटोमै मृत्यु भएको उनले बताए ।
https://www.youtube.com/watch?v=_CaRFliupNg&t=22s
टाउको फुटेको अवस्थामा धनुषामा युवतीको शव भेटियो
टाउको फुटेको अवस्थामा धनुषामा एक युवतीको शव भेटिएको छ ।
धनुषाधाम नगरपालिका वडा नम्बर-६ स्थित आँपको बगैचामा अन्दाजी २६ बर्षीया युवतीको शव भेटिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले बताए ।
‘मृत फेला परेकी युवतीको टाउकोको पछाडि भाग फुटेको देखिन्छ’ उनले भने, ‘मृतकको नाम र ठेगाना खुल्न सकेको छैन ।’
मृतक युवतीको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।