जातीय विभेद तथा छुवाछूत विरुद्ध कानुन लागू नभएको  गुनासो


जातीय विभेद तथा छुवाछूत विरुद्ध कानुन बनेपनि र संविधानमा लेखिए पनि व्यवहारमा लागू नभएको  दलित बक्ताहरुले गुनासो गरेका छन् ।



दलित उत्थान विकास समिति वडा नम्बर ८ काे  अायाेजनामा अाज देखि शुरु भएको तिनदिने अाधारभुत पत्रकारिता तथा उद्घाेषण  तालिममा बाेल्ने वक्ता हरुले अाजकाे २१ अाै शताब्दीमा समेत देशमा छुवाछुत निर्मुल हुन नसकेको बताउदै जवसम्म जातिय समानता हुदैन तवसम्म देश विकास अगाडि बढ्न नसक्ने बताएका थिए ।  दलित उत्थान विकास समितिका अध्यक्ष केशमाया वि.कको सभाध्यक्षता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्माको प्रमुख आतिथ्यता रहेको थियोे ।

यसैगरी  नगरपालिकाका वडा सदस्य देबि पौडेल , शान्ता वि.क. , गिता वि.क., जिल्ला अध्यक्ष बाबुराम विश्वकर्मा , समाजसेवि धर्मराज के.सी लगाए लगायतको सहभागिता रहेको थियो । ४५ जना भन्दा बढि प्रशिक्षार्थी रहेकााेाे तालिममा  पत्रकार कमला राना मगरकाे  सहजिकरण रहेको  थियोे भने राम सुनारले कार्यक्रम सन्चालन गर्नुभएको थियोे ।



सम्बन्धित
Loading...