मानवीय लापरवाहीले एक सिंगे गैडाको निधन




चितवनमा मानवीय लापरवाहीले दुर्लभ एक सिंगे गैडाको निधन भएको छ ।

चितवनको नारायणगढ पुल्चोक-गोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा फसेर एक गैंडाको मृत्‍यु भएको हो ।




चितवन भरतपुरको टिकौली जंगल छेउको प्रहरी बिट अगाडि सडक विस्तारका लागि बनाइएको नालीमा गएराति रडमा उनिएर नालीमा फसेर गैंडाको मृत्यु भएको हो ।

बरण्डाभार क्षेत्रबाट राजमार्ग तरेर सडकभन्दा माथिल्लो क्षेत्रतिर जान लागेको अवस्था गैंडा सो नालीमा परेको अनुमान गरिएको छ । घटनाका बारेमा निकुञ्जलाई जानकारी गराइए पनि गैंडाको अवस्था, उमेर र लिङ्गको बारेमा खुलेको छैन ।

निकुञ्जको टोली घटनास्थलतर्फ जाँदै गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

ठेकेदारले लापरबाही गरी नालीको भाग नपुर्दा उक्त क्षेत्रमा आवतजावतमासमेत समस्या हुँदै आएको स्थानीयले गुनासो गरेका छन् ।

गोठमा बाँधेका जनावरमाथि चितुवाको आतंक

 

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२ ढकनियामा चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ । तीन दिनको अवधिमै चितुवाले आधा दर्जन खसी, बोका, बाख्रा मारेको छ । अहिले स्थानीय बासिन्दा चिन्तित भएका छन् ।

नजिकैको सामुदायिक वन क्षेत्रबाट गाउँ पस्ने गरेको चितुवाले दुई दिनअघि मात्रै स्थानीयवासी कौसादेवी भट्टको तीनवटा खसी र दुई वटा बाच्छी मारेर खाएको छ । मञ्जु चन्दको एक ब्राखा र एक खसी मारेको स्थानीय बासिन्दाले बताएका छन् । साँझ नपर्दै गाउँ पस्दै आएको चितुवाले दर्जनभन्दा बढी खसीबाख्रा घाइते बनाएको स्थानीयवासी लोकराज शाहुले बताए ।

‘धेरै जनाले कच्ची गोठमै बाख्रालगायतलाई बाँध्ने गरेका छन्’, उनले भने, ‘साँझ नपर्दै चितुवा गोठमा पसेर खसी, बाख्रा मारेर लग्ने गरेको छ, बिहान खोजबिन गर्दा बाख्रा भेटिँदैनन्, वन क्षेत्रमा खाएको अवस्थामा फेला पर्ने गरेको छ ।’ यसअघि समेत चितुवाले छिमेकी गाउँ लक्ष्मीपुरका बासिन्दाका घरपालुवा कुकुरदेखि बाख्रा, बङ्गुर खाएर नोक्सानी गरेको थियो ।

‘केही महिना आतंक मच्चाएको चितुवाले दुःख दिन छाडेको थियो’, तुलाराम चौधरीले भने, ‘ढकनियामा फेरि घरपालुवा जनावर खान थालेको छ, चितुवाका कारण घरपालुवा जनावर जोगाउन निकै चुनौती थपिएको छ ।’



सम्बन्धित
Loading...