कोल्हुवा खानेपानीले सहकारी खोल्यो




नवलपुर, माघ १० । नवलपुरको मध्यबिन्दु – २ कोल्हुवा स्थित कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सहकारी संस्था स्थापना गरेको छ ।

उत्पादनशिल क्षेत्रमा लगानी गरि ग्रामीण क्षेत्रको गरिवी निवारण गर्ने उद्देश्यले कोल्हुवा खानेपानी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको स्थापना गरेको हो ।




यस सहकारीमा मध्यविन्दु नगरपालीकाका १,२ र ३ वडाका खानेपानी उपभोक्ताका लागी मात्रै सहकारीले शेयर दिने तथा लगानी गर्ने कोल्हुवा खानेपानी संस्थाका अध्यक्ष श्रीधर शर्माले जानकारी दिए ।

उहाँका अनुसार धारा उपभोक्ताहरुलाई मात्र ऋण प्रदान गर्ने हुदा जोखिम एकदमै न्यून रहेको दावी समेत गरे ।
सहकारी स्थापना गर्दै गर्दा यस क्षेत्रमा भएका अन्य सहकारी संस्थाहरु प्रति अस्वस्थ प्रतिस्प्रर्धा नगरी उत्पादन क्षेत्रमा मात्र लगानी गर्ने उनको भनाई छ ।

त्यस्तै सहकारी मार्फत उत्पादनशील क्षेत्र अन्तर्गत टपरी उद्योग, अदुवा वेसार प्रसोधन केन्द्र, मिनिरल वाटर उद्योग लगायत उत्पादनशील क्षेत्रप्रति स्थानीहरुलाई रोजगारी दिदै उनिहरुको आर्थिक उन्तीको विकासमा टेवा पुर्याउन सहकारीले महत्वपुर्ण भुमिका खेल्ने सहकारीका अध्यक्ष अनन्त भुषालले जानकारी दिए ।

संस्थाले न्यूनतम प्रति शेयर १ सय रुपैयाँको दरले शेयर खुल्ला गरेको छ । सहकारीले बचतमा ५ प्रतिशत र ऋणमा ८ प्रतिशत ब्याजदर कायम गरेको छ ।



सम्बन्धित
Loading...