देवचुलीको मुढाबासमा सामुदायिक पुस्तकालय उद्घाटन




देवचुली नगरपालिका वडा नं ८ मुढाबासमा सामुदायिक पुस्तकालयको उद्घाटन गरिएको छ । जनचेतना युवा क्लबको आयोजनामा शनिबार एन आर एन ए केन्द्रिय परिषदका सल्लाहाकार सोम सापकोटाको प्रमुख आतिथ्यतामा सामुदायिक पुस्तकालयको समुद्घाटन गरिएको हो ।

 

नेपाल जर्नीको करिब ६ लाख आर्थिक र प्राविधिक सहयोगमा सामुदायिक पुस्तकालय निर्माण गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका सापकोटाले नेपाल जर्नी पुस्तकालय संस्थाले देवचुली नगरपालिकाको मुढाबास मगर वस्तीमा पुस्तकालय जस्तो महत्वपूर्ण विधालाई अघि बढाएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै उहाँले यस पुस्तकालयले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

 




उहाँले यहाँका बालबालिकाले पुस्ताकलयमा आई अध्ययन गरि भविष्य निर्माण गर्न सकुन भन्ने शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल जर्नी संस्थासँग सहकार्य गरि अघि बढ्ने बताए।
कार्यक्रममा पुस्ताकलय निर्माणको सहजकर्ता संस्था जनचेतना युवा क्लबले नेपाल जर्नी संस्थालाई कदर पत्र सहित सम्मान गरेको थियो ।

 

कार्यक्रममा देवचुली वडा नं ८ का वडाध्यक्ष चन्द्र बहादुर सिंजाली, वडा नं ९ का वडाध्यक्ष मेख बहादुर सारु, नेपाल वार एसोसिएसन नवलपुरका सचिव जनक राम ढुङ्गना, दियो जनसेवा युवा क्लबका अध्यक्ष बुद्धिबहादुर फाल मगर, परिवर्तनका लागि युवा नेपालका अध्यक्ष राजु चापागाई, नेपाली काँग्रेस देवचुली ८ का सभापति लाल बहादुर सारु, नेपाल जर्नीका वर्तमान तथा भूतपूर्व पदाधिकारीहरु, बालबालिका लगायतको उपस्थिती रहेको थियो ।

 

कार्यक्रममा बोल्ने वक्ताहरुले सामुदायिक पुस्ताकलयलाई व्यवस्थित रुपमा संचालन गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा जनचेतना युवा क्लबका अध्यक्ष मुक्ति लुंगेलीको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै लुंगेलीले देवचुली ८ मुढाबासमा स्थापना भएको सामुदायिक पुस्ताकलयले यहाँका बालबालिकाको अध्ययनमा थप सहयोग मिल्ने बताए ।

कार्यक्रममा स्वागत मन्तव्य नेपाल जर्नीका उपाध्यक्ष सुरज सेढाईले राखेका थिए। यसैगरि कार्यक्रम संचालन नेपाल जर्नीका अध्यक्ष प्रकाश सिग्देलले गरेका थिए ।



सम्बन्धित
Loading...