बेहुला चढ्ने रथले किचेर दुई जनाको मृत्यु, १६ जना घाइते

बाराको आदर्शकोतवाल गाउँपालिका–३ मा सोमबार राति आयोजित विवाह समारोहमा बेहुला चढ्न प्रयोग गरिएको रथले किचेर २ जनाको मृत्यु भएको छ भने १६ व्यक्ति घाइते भएका छन्।
प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार मृत्यु हुनेमा सिम्रौनागढ नगरपालिका– ७ की २३ वर्षीया शैलकुमारी राम र आदर्शकोतवाल–७ की १६ वर्षीया निलम कुमारी राम रहेका छन् ।
दुवैजनाको कलैया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घाइतेहरूको अहिले कलैया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
आदर्शकोतवालका सियाराम महराको घरबाट निस्किन लागेको बेहुला बोक्ने रथ अनियन्त्रित हुँदा मानिसलाई किचेको हो।
बेहुला चढ्नुअघि नै रथ दुर्घटना भएको स्थानीयले बताएका छन्।
उडेको विमानको पाङ्ग्रामा ११ घण्टा बढी लुकेका व्यक्तिको जीवितै उद्धार