रुपन्देहीकाे देवदहमा दुईजनाको शव भेटियो




रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको छ ।

एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो भेटिएको हो ।




शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा सारुले जानकारी दिए ।

शबको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

उनीहरु आमाछोरी हुन सक्ने प्रहरीको अनुमान छ ।

श्रीमतीको हत्या गरी शव घरभित्रै गाड्ने काठमाडौँबाट पक्राउ

धनकुटामा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
५५ वर्षीया सिता श्रेष्ठको हत्या गरेको अभियोगमा धनकुटा नगरपालिका-४ छारागाँउ बस्ने ५५ वर्षीय सिताराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
गत पुस १६ गते बेलुका देखि सिता श्रेष्ठ र सिताराम श्रेष्ठ हराई बेपता भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले सितारामलाई आइतबार काठमाडौँबाट फेला पारी पक्राउ गरेको थियो ।


सम्बन्धित
Loading...