कावासोतीमा फितलो फोहोर व्यवस्थापन, ढल व्यवस्थापन उस्तै समस्या




कृशला सापकोटा – 
नमुना सदरमुकाम बनाउन भन्दै एकीकृत अभ्यास शुरु भएको नवलपुरमा नयाँ जिल्लाको सदरमुकाम कावासोती नगरपालिका दुर्गन्धित बन्दै गएको छ।

मुल सडकमा फोहोर थुपार्ने, फोहोर फाल्ने समयमा फोहोर नफाल्ने र जथाभावी फोहोरहरु जंगल भित्र लएर फाल्ने प्रवृत्तिले कावासोती नगरपालिकाको अवस्था दिनप्रतीदिन बिग्रदै गएको छ ।




त्यसो त नगरपालिकाले फोहोर व्यवस्थापनका लागि छुट्टै डम्पि· साइड पनि बनाएको छ भने नगरपालिका भित्र रहेका मुख्य बजारका घर, पसल, उद्योग, कलकारखानाबाट निस्कने फोहोर कर लिएर उठाउने ठेक्का पनि दिएको छ तर, पनि कावासोतीका मुख्य बजार, चोक, गल्ली, बाटो, सडक छेउछाउका जंगल भने निक्कै दुर्गन्धित र फोहोर देखिने गरेको छ।

घर, पसल, होटल, उद्योग, कलकारखानाबाट निस्कने फोहोर नगरपालिकाले लगेर डम्पि· साइडमा फाल्ने गरे पनि सार्वजनिक स्थानहरु चौर, बाटो, गल्ली, चोक, सडकमा फालिएका फोहोरहरु उठाउन तर्फ भने न त नगरपालिकाको नै ध्यान गएको देखिन्छ न त नगरपालिकाबाट फोहोर व्यवस्थापनको ठेक्का लिएको ठेकेदार संस्थाको नै ।

स्थानीय व्यवसायी सुरज गैरेले भने – ‘फोहोर व्यवस्थापन गर्ने काम व्यवसाय गर्नेहरुको मात्र होइन् । हामी भने पसलबाट निस्केका फोहोरहरु जम्मा गरेर फोहोरको गाडी आउँदा फाल्छौ । बाटोमा हिड्ने यात्रुहरुले विभिन्न खानेकुरा खाएर निस्केका पलाष्टिकजन्य बस्तुहरु जथाभावी फाल्ने गर्छन्, त्यो फोहोर टिप्न जान हाम्रो फुसद हुदैन् ।’

सार्वजनिक स्थानहरुबाट निस्केका फोहोरको नगरपालिकाले छुट्नै व्यवस्थापन नगर्दा नगरपालिकाका सार्वजनिक स्थान, चोक, गल्ली, बाटो, सडक, पाटीपौवा निक्कै दुर्गन्धित हुने गरेको छ ।

नगरपालिकाले आफ्नो क्षेत्रको फोहोर व्यवस्थापन गर्ने दायित्व पुर्ण रुपले पुरा गर्न नसकेता पनि सक्दो प्रयास गरेको कावासोती नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृतत रोशन घर्तीले बताए । फोहोर व्यवस्थापनमा सर्वसाधरणको पनि महत्वपुर्ण भुमिका रहेको हुने उनको जिकिर छ ।

कावासोती नगरपालिकाले फोहोर व्यवस्थापन गर्नका लागि बजार बजारमा गाडी पठाई डम्पिङ साइटमा लएर फाल्ने गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए ।

संविधानको धारा ३० ले प्रत्येक व्यक्तिलाई स्वच्छ र स्वास्थ्य वातावरणमा बाँच्न पाउँने हक प्रदान गरेको छ भने फोहोरमैला व्यवस्थापन ए्ेन २०६८, वातावरण संरक्षण ऐन २०७६ जनस्वास्थ्य सेवा ऐन २०७५ले जथाभावी फोहोर फाल्न निषेध गरेका छन् तर जनताले संविधान र ऐन कानुनको धज्जी उडाएका छन् ।

फोहोर उठाउनका लागि नगरपालिकाबाट ठेक्का लिएको वातावरणीय सुन्दरी प्रा.लीे.नेपालले (ठेकेदार कम्पनीं÷फर्म) आफूले शुल्क लिन पाउने ठाउँबाट मात्र फोहोर उठाउने र शुल्क लिन नपाउने सार्वजनिक स्थानका फोहोर नउठाउने गर्दा पनि नगरपालिका थप दुर्गन्धित र कुरुप बनेको हो । कावासोती नगरपालिकाका इन्जिनियर पवन रुपाखेतीले शुल्क नउठ्ने ठाउँको पनि फोहोर उठेको र कतै नउठेको गुनासो आए तत्काल उठाउन लगाउने गरेको बताए।

शुल्क उत्तिकै महंगो

कावासोती नगरपालिकाले बार्षिक उठेको शुल्कको २४ प्रतिशत नगरपालिकाले पाउने गरी वातावरणीय सुन्दर प्रा.लि. नामक कम्पनीलाई ठेक्का दिएको छ। यो ठेक्का दुई बर्षका लागि दिइएको कावासोती नगरपालिकाका इन्जिनियर पवन रुपाखेती बताउँछन्।

यो ठेक्का फागुन महिनामा दुई बर्ष पुग्दैछ। नगरपालिकाले फोहोर व्यवस्थापनका लागि शुल्क पनि तोकेको छ तर, शुल्क महंगो भएको स्थानीयहरु बताउँदछन् ।

त्यति मात्र होइन् एउटै फोहोर व्यवस्थापनको नाममा ३/४ थरि शुल्क समेत तिर्नु परेको स्थानीय व्यवसायीहरुको गुनासो छ ।

घरबाट निस्कने फोहोर, पसलबाट निस्कने फोहोर, प्रति किचन फोहोर व्यवस्थापन शुल्क भन्दै एउटै घरमा ३-४ प्रकारले शुल्क उठाइने गरिन्छ ।

रुपाखेतीले एउटै घरमा फरक फरक मान्छेहरु भाडामा बसेको भए एउटै घरमा धेरै पसल रहेको भए फरक फरक कर लगाउने गरेको बताए तथापि उनले नगरपालिकाले निर्धारण गरेको शुल्क भन्दा बढी कर नलिएको बताए ।

ढल व्यवस्थापन उस्तै समस्या

अहिले पूर्वपश्चिम लोकमार्गको बुटवल नारायणगढ सडक विस्तार कार्य चलिरहेको छ ।

सडक विस्तारको ठेक्का लिएको चाइना स्टेट कम्पनीले सडक विस्तारको क्रममा ढल, नाली, विजुली पोल, खानेपानी पाइप सबै व्यवस्थापन गर्नु पर्ने भए पनि त्यसो गरेको देखिदैन ।

टेलिकम, नेटका लाइनहरु सबै अवरुद्ध हुने गरेको छ भने सडक विस्तारको बाहनामा ढल व्यवस्थापन कार्यलाई पहिला नगर्दा कावासोतीमा ढल व्यवस्थापन प्रमुख समस्या बनेको छ ।

सामान्य पानी पर्दा पनि मुख्य बजार, सडक, चोकमा पानी जम्ने, दुर्गन्धित फैलाउने गरेको छ ।

नगरपालिकाले भने सडक विस्तारकै क्रममा ढल व्यवस्थापन हुने भन्दै ढल व्यवस्थापनमा चासो दिएको छैन भने सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीले सडक विस्तारको क्रममा चरम लापरवाही गरेर सडक विस्तारको नाममा ढल व्यवस्थापनदेखि खानेपानी, विद्युत, टेलिफोन, नेट सेवामा बाधा पुर्याएर यस क्षेत्रको जनजीवन नै अस्तव्यस्त पारेको छ ।

 

 



सम्बन्धित
Loading...