नवलपुरमा ७१ जना नयाँ संक्रमित थपिए




नवलपुर । नवलपुरमा पछिल्लाे २४ घन्टामा थप ७१ जनामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले  जनाएको छ ।

एन्टीजेन तथा पीसीआर परिक्षणका क्रममा पछिल्लो २४ घण्टामा ७१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।




संक्रमित मध्ये सबैभन्दा बढी गैडाकोट नगरपालिकामा मात्रै ३२ जना रहेका छन । त्यसैगरी कावासोती नगरपालिकामा मात्रै १० जना रहेका छन् ।

त्यसैगरी मध्यविन्दु नगरपालिकामा ७, देवचुली नगरपालिकामा ९ जना, विनयीत्रिवेणी गाउँपालिकामा २ जना, हुप्सेकोट गाउँपालिकामा ५ जना र बुलिङ्गटार गाउँपालिकामा २ जना र निजि अस्पतालमा गरिएको परिक्षणका क्रममा ५  जनामा संक्रमण देखिएको हो । नवलपुरमा यो सँगै सकृय संक्रमितको संख्या ४ सय ९९ पुगेको छ ।

 



सम्बन्धित
Loading...