सिकेका कार्यकर्ताद्वारा जनकपुरधाममा प्रदर्शन, मतदानस्थलभित्र छिर्न खोज्दा झडप


मल देऊ, मत लेउ भन्दै सिके राउत नेतृत्वका जनमत पार्टीले जनकपुरधाममा राष्ट्रियसभा निर्वाचन क्षेत्र स्थलमा प्रदर्शन गरेका छन् ।



प्रदर्शनका क्रममा सिके राउतका कार्यकर्ताहरू निर्वाचन भइरहेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान भवन तर्फ जान खोज्दा प्रहरी र जनमत पार्टीका कार्यकर्ता बिच झडप भएको हो ।

सिके राउतका कार्यकर्ताहरूले हातमा भाटा बोकेर मतदान स्थल पुगेका थिए । सो क्रममा प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिनका लागि अश्रु ग्याँस समेत प्रहार गरेका थिए ।




धनुषा प्रहरीले दुई राउण्ड अश्रु ग्याँस प्रदर्शनकारीहरू माथि प्रहार गरेका थिए ।

 

मतदान गर्न आउँदै गर्दा दुर्घटनामा परेर प्रदेशसभा सदस्य घाइते

राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन दाङको घोराही आउँदै गर्दा दुर्घटनामा परेर लुम्बिनी प्रदेश सभाका एकजना सदस्य घाइते भएका छन् ।

प्रदेश सभा सदस्य तुलसी चौधरी घाइते भएका हुन् । उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

चौधरी चढेको बा २ झ ३४४४ स्कारपिओ गाडी गढवा गाउँपालिकाको कालाकाटे नजिक ट्रकसँग ठोक्किएको थियो ।

 



सम्बन्धित
Loading...