लागुऔषध सहित एक जना पक्राउ




कावासाेती ।
पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेकाे छ ।

कावासोती नगरपालिका १६ चालिसकिलो जङगल स्थित पूर्व-पश्चिम राजमार्गमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी चेकिङको क्रममा एक जनालाई लागुऔषधसहित पक्राउ गरेकाे हाे ।




पश्चिमबाट पूर्व तर्फ जांदै गरेको ना ६ ख २३०८ नं को बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार चितवनकाे भरतपुर महानगरपालिका ४ वस्ने बर्ष अं २६ को सागर परियार पक्राृ गरेकाे हाे ।

उनकाे साथबाट (फेनारागन २१ एम्पुल, नुर्फिन १८ एम्पुल, डाईजेपाम ९ एम्पुल ) गरी जम्मा ४८ एम्पुल लागुऔषध बरामद गरेकाे प्रहरीले जनाएकाे छ ।

निजलाई नियन्त्रणमा लिई निज उपर लागु औषध मुद्धमा थप अनुसन्धान कार्य जारी रहेको नवलपुर प्रहरीले जनाएकाे छ ।https://daunnenews.com/2022/01/62284/



सम्बन्धित
Loading...