नवलपुरको ब्युटिपार्लरमा चोरी




नवलपुर । पूर्वी नवलपरासीमा गएराति ब्युटी पार्लरमा चोरी भएको छ ।

अस्थायी प्रहरी पोष्ट बेल्डियाका अनुसार गएराति पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १३ पुरानो बेल्डियामा कौशिला काफ्ले महतोको कौशिला ब्युटिपार्लरमा चोरी भएको हो ।




२ जनाको समूहमा आएका समूहले पार्लरको ढोकाको ताला फोरी पार्लर भित्र रहेको नगद, समान गरी १ लाख ८५ हजार बराबरको चोरी भएको हो ।

१ लाख ६० हजार रुपैयाँ नगद र २५ हजार रुपैयाँ समान गरी १ लाख ८५ हजार रुपैयाँको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान भईरहेको र चोरी गर्ने चोरको खोजी भईरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...