राजनीतिमा शिक्षकः नवलपुरमा कांग्रेस नेता श्रेष्ठको राजिनामा, तिवारीको फटाई

कावासोती । सरकारी विद्यालयका प्रधानाध्यापक भएर सक्रिय राजनीतिमा लागेका नवलपुरका दुई शिक्षक मध्ये एक जनालो राजिनामा दिएका छन् भने एक जनाले अझै राजनीतिक बलको आडमा शिक्षकमा जागिर खाईरहेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नवलपरासी पूर्वमा प्रदेश निर्वाचन क्षेत्र र गाउँपालिका सभापतिमा शिक्षकहरु निर्वाचित भएका थिए ।
बुलिङ्गटार गाउँपालिकाको शिव माध्यामिक विद्यालयका प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठ बुलिङ्गटार गाउँपालिका सभापति र मध्यविन्दु–१३ को सरस्वती माध्यामिक विद्यालयका प्रध्यानाध्यापक कृष्ण प्रसाद तिवारी निर्वाचन क्षेत्र नं. २ (ख) को सभापतिमा निर्वाचित भएका हुन् ।
पालिका सभापतिमा निर्वाचित भएपछि केही समय विद्यालयको प्रध्यानाध्यापकको रुपमा कार्यरत रहेका श्रेष्ठले हाल शिक्षक पदबाट राजिनामा दिएका छन् ।

निर्वाचित भए लगत्तै विद्यालय व्यवस्थापन गरेर पदबाट राजिनामा दिने श्रेष्ठले बताएका थिए । यता मध्यविन्दु–१३ मैनाघाटमा रहेको सरस्वती माध्यामिक विद्यालयका प्रध्यानाध्यापक रहेका तिवारीले भने शिक्षक पदमा कार्य गरिरहेका छन् ।
उनले चलाखी गर्दै विद्यालयको प्रधानाध्यापकको पद आफु निकट व्यक्ति रामचन्द्र पाण्डेलाई दिए पनि उनले शिक्षकबाट भने राजिनामा दिएका छैनन् ।
यस अगाडी स्थानीय अभिभावकहरुले विद्यालयको प्रध्यानाध्यापक राजनितिक दलको सभापति पदमा निर्वाचित भएपछि पदबाट राजिनामा दिन भन्दै आन्दोलन समेत गरेका थिए । तर, कांग्रेस नेतृत्वलाई प्रभावमा पारेर अहिले विद्यालयमा शिक्षकको रुपमा भने उनि कार्यरत रहेका छन् ।

तिवारी पार्टीको काममा बढी र विद्यालयमा कम हुने गरेको स्थानीय अभिभावकहरुको आरोप छ ।
तिवारी जिल्लामा कांग्रेसका नेताहरु आउन साथ सबै जसो कार्यक्रममा पुग्छन् ।
जुन समय उनि विद्यालयमा हुदैनन् । तर, नियमन निकाय मध्यविन्दु नगरपालिका शिक्षा शाखाले यस तर्फ कुनैपनि चासो देखाएका छैन ।
