माटोमा अम्लियपना र समाधानका उपाय


लेखकः सदानन्द अभागी

 



खास गरेर कृषकको गुनासो माटो विग्रियो भन्ने गरेको सुनिन्छ । यस भनाईबाट माटोमा भएको समस्या केहो भन्ने कुरा सहजमा बुझ्न सकिदैन तर कतिपय कृषकले माटो अमिलो भयो भन्ने सुनाउँदा भने समस्या के हो भन्ने प्रष्ट हुन्छ ।

माटो अम्लिय छारिय र तटस्थ रुपमा हुन्छ । माटो कस्तो छ त भनि जानकारी लिन माटो परीक्षण गर्नुपर्दछ । माटो परिक्षण गर्नको लागि सर्ब प्रथम हाम्रो समस्या युक्त जग्गाको माटाको नमुना सञ्कलन गर्नुपर्छ ।



माटोको नमुना अन्न बाली, तरकारी बाली तथा छोटकरीमा भन्नुपर्दा छोटाजरावाला बालीको माटोको नमुना करिब छ देखि नौ इञ्चको गहिराईबाट क्षेत्रफलको आधारमा ६–७ ठाउँबाट सञ्कलन गरि त्यसलाई मिसाएर करिब १ केजीको नमुना तयार गर्नुपर्छ र त्यस नमुनालाई माटो परीक्षण प्रयोग शालामा जाँच गर्न पठाउनुपर्छ । प्रयोगशालाले त्यो माटोलाई जाँचेर माटो अम्लियपनादेखि माटोमा विरूवाले लिने कुन कुन खाद्यतत्व कमी छन् भन्ने सिफारिस सहितको जानकारी दिन्छ ।

अव हामी माटोको अम्लिय तथा षारिय पना कस्तो छ भनि परीक्षण गर्ने मिसिनलाई एलपिएच मिटर भनिन्छ । पिएच मिटरले दिएको नतिजालाई पिएच निन्छ । पिएचको तह १ देखि १४ सम्म हुन्छ । पिएच सातलाई तटस्थ माटोको रूपमा लिइन्छ भने पिएच मान सात भन्दा माथि भएमा क्षारिय र ७ भन्दा तल भएमा अम्लिय भन्ने गरिन्छ । धेरै जसो बालीको लागि पिएच मान ५.५ देखि ८ को बीचमा हुनु राम्रो मानिन्छ तापनि पिएचमान ६ देखि सातसम्म भयो भने माटोबाट विरुवाले खाद्यतत्व सहजसँग लिन सक्छ ।

माटो जति अम्लिय बन्छ त्यति माटोमा अल्मुनियम। म्याग्निज र फलाम तत्व बढी घुलनशिल बन्छन् र विषलुपना बढाउँछन् । अलमुनियमको बढ्दा घुलनशीलको असरले जराको विकास रोकिन्छ । जराको विकास रोकिँदा विरुवाले जेजति खाद्यतत्व र पानी माटोबाट लिनपर्ने हो त्यति लिन सक्दैन । उत्पादनमा ह्रास आउँछ ।

समग्रमा बढी एज् मानहरूले अधिकांश पोषक तत्वहरू नाइट्रोजन फस्फरस, पोटासियम, सल्फर, क्याल्सियम म्यांग्नेसियम र मोलिवडेनम तत्वहरूको उपलब्धता बढाउँछ भने कम एज् ले यिनै तत्वहको उपलब्धता घटाउँछ । कम पिएच मानमा फलाम, म्याग्नानिज, बोरोन,जिङ्क (जस्ता) र तावाँको उपलब्धता बढाउँछ । धेरै बढी घुलनशीलता बढ्यो भने विषलु पना बढ्न सक्छ साथै माइक्रोबियल गतिविधि पनि कमी हुन सक्छ ।

धेरै अम्लिय माटोमा शुक्ष्म जैविक क्रियाकलाप घट्छ र यसको बढी प्रभाव दलहनबालीमा पर्न जान्छ । दलहन बालीको जरामा गिर्खा बन्ने काममा असर गर्दछ । दलहन बालीको जरामा राइजोवियम व्याक्टेरिया हुन्छन् । यी व्याक्टेरियाले वायुमण्डलीय नाइट्रोजनलाई माटोमा मिलाउने काम गर्दछन् ।

माटोमा पिएचमानको असन्तुलनले गर्दा माटोमा खाद्यतत्व प्रयाप्त मात्रामा भए पनि तथा माटोमा मल प्रयोग गर्दा पनि बिरुवाले खाद्यतत्व प्राप्त गर्न सक्दैन र खाद्यतत्वको कमीको लक्षण देखाउँछ । त्यसो हुँदा माटोको पिएचमान सन्तुलन बनाई राख्नु पर्छ । धेरै अम्लिय माटोमा कृषि चून र धेरै क्षारिय माटोमा जिप्समको प्रयोग गर्नुपर्दछ ।

माटो अम्लिय बन्नुको कारणहरू–

अम्लिय प्रकारका पैतृक पदार्थ जस्तै ग्रेनाइट, राइलाइट, बलैटे ढुंगाबाट निर्माण माटो अम्लिय प्रकारको हुन्छ । धेरै वर्षा हुने ठाउँमा क्षरयुक्त पदार्थ पखालिएर र चुहिएर जाँदा माटो अम्लिय प्रकारको हुन्छ । तेजावी वर्ष हुने ठाउँको माटो पनि अम्लिय प्रकारको हुन्छ । प्राङ्गारिक पदार्थ विघटन हुँदा प्राङ्गारिकअम्ल निस्कन्छ र यसबाट पनि माटोमा अम्लिय पना बढ्न सक्छ तर प्राङ्गारिक पदार्थ विघटन हुँदा निस्कने अम्ल निकै कमजोड हुने भएकोले त्यति ठूलो असर गर्दैन । धेरै चून मन पराउने बाली लगातार लगाउने तर चूनयुक्त पदार्थ माटोमा नथप्दा पनि माटो अम्लिय बन्न जान्छ । एमोनिकल पर्टिलाइजर माटोमा थप्दा पनि माटो अम्लिय प्रकारको हुन्छ ।

अम्लिय माटो सुधार गर्ने तरिका –

मैले माथि नै भनि सकेको छु कि अम्लिय माटो सुधारको लागि कृषि चूनको प्रयोग गर्नुपर्छ । धेरै प्रकारका (डोलोमाइट, क्यालसाइट, व्रन्टलाइम, हाइड्रेटेटलाइम), चूनको प्रयोग गर्न सकिन्छ तर हाम्रो देशमा कृषि चूनको प्रयोग चलनमा छ ।

कति चूनको प्रयोग गर्ने–

 

 

चून प्रयोग गर्दा ध्यान दिनुपर्ने हुन्छ । सर्व प्रथम माटो जाँचको आधारमा कृषि चूनको प्रयोग गर्नु अति राम्रो हुन्छ । माटो जाँच गर्दा माटोको प्रा्गारिक पदार्थ, माटाको बनौट( माटोकणको अवस्था) को जानकारी लिन सके कृषि चूनको प्रयोगमा सहज हुन्छ । कणको हिसावले हेर्दा बलौटे माटोमा कृषि चून थोरै प्रयोग गर्नुपर्छ । कृषि डायरीमा सिफारिस मात्रालाई तुलना गरेर हे¥यौं भने ५.५ पिएच मान भएको पहाडी भेगको बलौटे माटोमा १३० केजी प्रति रोपनी कृषि चून सिफारिस गरेको पाइन्छ भने दोमट माटोमा १७० केजी र चिम्टेकण भएको माटोमा २३० केजी प्रति रोपनी सिफारिस गरेको पाइन्छ ।

तराईमा प्रति रोपनी बलौटे माटोमा ७० केजी,दोमटमा १०० केजी र चिम्टेमा २०० केजी प्रति रोपनी सिफारिस गरेको पाइन्छ । यसरी पहाड र तराईमा फरक मात्रा हुनमा तापक्रम,प्राङ्गारिक पदार्थको मात्रा आदिको कारणले गर्दा यस्तो हुन गएको हो पहाडमा तराइको तुलनामा प्राङ्गारिक पदार्थ बढी हुन्छ । तापक्रम कम हुन्छ । चूनसँग रासायनिक मललाई मिसाउन हुँदैन ।

बढी मात्रामा चूनको प्रयोग गर्दा सिफारिस मात्रालाइ दुई भाग गरी एकभाग एक पटकमा र अर्को मात्रा पछि प्रयोग गर्नुपर्दछ । चून प्रयोग गर्दा खाली जग्गामा प्रयोग गर्नु पर्छ ।बाली लगाएको बेलामा चून छर्नुहुँदैन । माटोमा चिस्यान हुनु पर्दछ र चून छरिसकेपछि चूनलाई जोतेर माटोमा मिलाउनु पर्छ । चून छर्दा सकेसम्म मसिनो बनाएर छर्नु पर्छ । खस्रो तथा ठूलो कणका चून माटोमा मिसिएमा प्रतिकृया हुन समय लाग्छ र तत्काल प्रभावकारी नहुन पनि सक्छ ।

लेखक माटो विज्ञ हुन् ।

 

https://www.youtube.com/watch?v=2247ktAbCLE&t=829s



सम्बन्धित
Loading...