पूर्वी नवलपरासीका ७ हजार महिला बिदेशमा

पूर्वी नवलपरासीका ७ हजार महिला बिदेशमा रहेका छन । ति ७ हजारमा बैदेशिक रोजगारीमा गएको संख्या कती हो र घरजम गरेर बिदेशमा रहेकाको संख्या कति हो भन्ने तथ्यांक बिभागले प्रस्ट पारेको छैन
यहा घर भएर बिदेशमा रहनेको कुल जनसंख्या ४४ हजार भन्दा बढि रहेको छ ।
जिल्लाको कूल जनसंख्याको २ प्रतिसत सर्वसाधारण बिदेशमा रहेको केन्द्रीय तथ्यांक बिभागको पछिल्लो रिपोर्टमा उल्लेख छ ।
ति मध्ये ३७ हजार एक सय पुरुष र ६ हजार ९ सय महिला बिदेशमा छन ।
गत १० वर्षको अबधिमा यो जिल्लामा ६९ हजार जनसंख्या बृद्धि भएको छ । यहाको पहाडमा जनसंख्या घटदैजाने (बसाई सराई) र तराइमा बढदैगएको तथ्यांकले देखाएको छ ।
जनगणनाको पछिल्लो तथ्यांक अनुसार यहा कूल ३ लाख ८१ हजार १ सय ५ पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना ७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै यहाको जनसंख्या ३ लाख ८१ हजार १ सय ५ पुगेको जनाएको हो ।
जनगणना २०६८ मा अनुसार यहाको जनसंख्या ३ लाख ११ हजार ६ सय ४ रहेको थियो । यो १० वर्षको अबधिमा जिल्लामा ६९ हजार ५ सय १ ले जनसंख्या वृद्घि भएको हो ।
यसैगरी बुधबार सार्वजनिक भएको जनगणनाको नतिजा अनुसार यहा पुरूषको भन्दा महिलाको संख्या बढी देखिन्छ ।
पुरूष भन्दा २२ हजार २ सय १३ महिला बढि रहेको प्रारम्भिक परिणाममा देखिएको छ । जिल्लामा हाल २ लाख १ हजार ६ सय ५९ महिला र १ लाख ७९ हजार ४४६ पुरुषको संख्या रहेको छ ।

जिल्लामा सबै भन्दा धेरै जनसंख्या कावासोतीमा ८७ हजार १ सय ७६ रहेको छ । कावासोतीमा ४० हजार ८ सय ९० पुरुष र ४६ हजार २ सय ८६ महिला रहेको विभागले जनाएको छ । त्यस्तै सबै भन्दा कम जनसंख्या यहको पहाडि बौदीकाली गाउपालीकामा रहेको छ ।
बौदीकालीमा ५ हजार १ सय ६४ पुरुष र ६ हजार १ सय ७५ महिला गरि ११ हजार ३ सय ३९ रहेका छन । केन्द्रिय तथ्याङक विभागले सार्वजनिक गरेको तथ्याङ अनुसार जिल्लामा ८४ हजार ६ सय ९५ घर, ९५ हजार ३ सय ५८ परिवार रहेका छन ।
