‘पब्जी’ को प्रभावमा बालकले गरे आमा र तीन भाइबहिनीको ह’त्या




लाहोर : पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीय बालकले अनलाइन गेम ‘पब्जी’ को प्रभावमा आफ्नी आमासहित तीन भाइबहिनीलाई गोली हानेर ह-त्या गरेका छन्। गत साता लाहौरको काहना क्षेत्रका ४५ वर्षीय स्वास्थ्यकर्मी नाहिद मुबारक, उनका २२ वर्षीय छोरा तैमुर र १७ र ११ वर्षीया दुई छोरीको शव भेटिएको थियो।

नाहिद मुबारकको सम्बन्धविच्छेद भइसकेको थियो। परिवारमा नाहिद मुबारकका १५ वर्षीया छोरा मात्र सुरक्षित थिए। प्रहरीका अनुसार उनी नै ह-त्यारा भएको एनडिटिभी इन्डियामा समाचार छ।




बयानमा भनिएको छ , ‘केटा पब्जी खेलाडी भएको र उनले खेलको प्रभावमा आफ्नी आमा र भाइबहिनीको ह-त्या गरेको स्वीकार गरेका छन्। दिनको धेरै समय अनलाइन गेम खेल्दा उनलाई केही मनोवैज्ञानिक समस्या देखिन थालेको छ।’

पढाइमा ध्यान नदिने र दिनभर ‘पब्जी’खेलेको भन्दै आमाले छोरालाई बारम्बार गाली गर्ने गरेको प्रहरीले जनाएको छ ।

 

 

विज्ञप्तिमा भनिएको छ, ‘घटना भएको दिन नाहिदले केटोलाई गाली गरेकी थिइन् । पछि उसले दराजबाट आमाको बन्दुक निकालेर आमा र उनका अन्य तीन भाइबहिनीलाई गोली हानेर ह-त्या गरे।’

बयानका अनुसार भोलिपल्ट बिहान केटोले कराएर छिमेकी र पुलिसलाई बोलाए। त्यतिबेला केटोले आफू घरको माथिल्लो तलामा रहेको र कसरी आफ्नो परिवारको हत्या भयो थाहा नभएको प्रहरीलाई बताए ।

नाहिद मुबारकले आफ्नो परिवारको सुरक्षाका लागि पेस्तोल किनेकी थिइन्। उनीहरुसँग लाइसेन्स पनि रहेको प्रहरीले जनाएको छ । बालकले फ्याँकेको नालीबाट पेस्तोल अझै ननिकालेको प्रहरीले जनाएको छ । केटोको रगतले लतपतिएको लुगा बरामद गरिएको प्ररीले बतायो। एनडिटिभी इन्डियाबाट अनुदित

 

 



सम्बन्धित
Loading...