नेपालतिर नदीको बहाव फर्काउने गरी इण्डियाले बनायो महाकालीमा तटबन्ध, जोखिममा दार्चुला सदरमुकाम


 



 दार्चुलामा महाकाली नदीनै थुनिनेगरी इण्डियाले तटबन्ध बनाइरहेको छ ।

 

दार्चुला सदरमुकाम क्षेत्रभित्र महाकाली नदीमा इण्डियन पक्षबाट नदीको प्रवाह प्रभावित हुनेगरि तटबन्ध निर्माण गरिरहेको हो ।

 




इण्डियन बाँधका कारण ०७० सालको बाढीबाट दार्चुला सदरमुकाम लगायत अन्य क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।

 

अहिले पनि इण्डियाले नेपालतिर नदीको बहाव फर्काउने गरी भइरहेको तटबन्धले फेरि पनि सदरमुकाम खलंगा जोखिममा पर्ने स्थिति बनेको छ ।

 

अहिले इण्डिया सरकारले पुराना तटबन्ध निर्माण गरेको ठाउँभन्दा ७ देखि १० मिटरसम्म भित्र नदी क्षेत्रमा तटबन्ध निर्माण कार्य संचालन गरिरहँदा नदीको प्रवाहमा असर पर्ने र भविष्यमा ठुलो जनधनको क्षति हुने सम्भावना रहेको जिल्लाबासीले गुनासो गरेका छन् ।

 

सिमा नदीमा तटबन्ध निर्माण गर्दा निश्चित अन्तराष्ट्रिय मान्यताहरु पालना गर्नुपर्नेमा सो नगरि एकतर्फी रुपमा तटबन्ध निर्माण कार्य संचालन भइरहेकोले अहिलेको अवस्थामा उक्त कार्य रोक्न पहल गर्न पनि सरकारलाई दार्चुलाबासीहरुले सरकारलाई आग्रह गरेका छन् ।



सम्बन्धित
Loading...